प्रदेश सरकारले खरीद गर्ने ९६ वटा एम्बुलेन्सको ९९ प्रतिशत भन्सार छुट

220
Shares

काठमाडौँ, १२ बैशाख ।  सरकारले प्रदेश अन्तर्गतका अस्पताल तथा स्थानीय तहका लागि वितरण गर्न खरीद गर्न लागेको ९६ थान एम्बुलेन्सको भन्सार महसुलमा ९९ प्रतिशत छुट दिने निर्णय गरको छ ।

गत ५ र १० बैशाखमा बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरु सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले एम्बुलेन्स पैठारीमा भन्सार छुट गर्ने निर्णय सुनाएका हुन् ।

मन्त्री बास्कोटाका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ विराटनगरले खरीद गरी प्रदेश अन्तरगर्तका स्थानीय तहहरुलाई वितरण गर्न ७० थान एम्बुलेन्स खरीद गर्दैछ । यस्तै सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सुर्खेतले प्रदेश अन्तरगर्तका अस्पतालहरुलाई वितरण गर्न १० थान र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले प्रदेश अन्तरगर्तका विभिन्न अस्पताल र स्वास्थ्य संस्थालाई वितरण गर्न १६ थान एम्बुलेन्स खरीद गर्दैछ ।

संघीय सरकारले यी सबै एम्बुलेन्स पैठारी गर्दा भन्सारमा १ प्रतिशत मात्रै भन्सार शुल्क लिई बाँकी भन्सार महशुल छुट दिने निर्णय गरेको हो ।

मन्त्री बास्कोटाले पत्रकार सम्मेलनमा ती एम्बुलेन्सहरु अहिलेसम्म भन्सार छुटमा एम्बुलेन्स आयात नगरेका स्थानीय तहलाई वा एम्बुलेन्स नभएका स्थानीय तहका सरकारी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पतालहरुलाई मात्र वितरण गरिने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *