सचिव डा. पुष्पा चौधरीले पाएको अन्तरिम आदेश खारेज होला ?

388
Shares

काठमाडौँ, ३ पुस । सरुवाको निर्णय विरुद्ध तत्कालिन स्वास्थ्य सचिव डा पुष्पा चौधरीले सरकारलाई विपक्षी बनाई दायर गरेको रिट र सरकारले डा चौधरीलाई विपक्षी बनाई दायर रिटको आज सर्बोच्च अदालतमा सुनुवाई हुँदैछ । आजको सुनुवाई यसअघि सर्बोच्चले दिएको अन्तरिम आदेश खारेज हुने कि नहुने भन्नेमा केन्द्रीत छ ।

मन्त्रिपरिषद बैठकले गत २८ असोजमा स्वास्थ्यबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि सचिव डा चौधरी त्यसविरुद्ध सर्बोच्चमा गएकी थिइन । सर्बोच्चले गत १७ कात्तिकमा प्रारम्भिक सुनुवाई गर्दै सरुवा गर्ने निर्णय कार्यन्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्बोच्चको सो निर्णय खारेज गर्नुपर्ने भन्दै सरकार गत ५ मंसिरमा भ्याकेटमा गएको थियो ।

‘आजको सुनुवाई सोही भ्याकेटको विषयमा हुनेछ र अन्तरिम आदेश सम्वन्धी यसअघि भएको फैसलाको बारेमा समेत केही निर्णय हुनसक्छ,’ सर्बोच्च स्रोतले भन्यो ।

सर्बोच्चका न्यायाधीशद्धय मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको सयुक्त इजलाशमा आज पेशी चल्दैछ ।

सरकारले अहिले स्वास्थ्य सचिवको रुपमा केदारबहादुर अधिकारीलाई पठाइसकेको छ । डा. चौधरी पनि अहिले स्वास्थ्यमै गएर हाजिर हुने गरेकी छन् । उनले सर्बोच्चको आदेशको पालना गर्दै स्वास्थ्यमा हाजिर हुन गएको बताउने गरेकी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *