४३ जना मेडिकल अधिकृत अध्ययन विदामा, दरबन्दी सारियो
काठमाडौँ, ८ मंसिर । सरकारी सेवामा कार्यरत ४३ जना मेडिकल अधिकृत अध्ययन् विदामा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदामा रहेका ती मेडिकल अधिकृतहरुको दरबन्दी व्यवस्थापन गरेको छ ।
मन्त्रालयका उपसचिव बाबुराम लामिछानेका अनुसार नयाँ पदस्थापन हुँदै गरेका मेडिकल अधिकृतहरुलाई अध्ययन विदामा बसेका मेडिकल अधिकृतको स्थानमा पठाइदै छ । यसले सेवा प्रवाहमा सहयोग गर्ने उनको विश्वास छ ।
लामिछानेका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल जस्ता कम दरबन्दी भएका ठाँउबाट विदामा बस्नेहरुको पद ठूला अस्पताल र धेरै डाक्टर भएका स्थानमा लगिएको छ । ‘यसले गर्दा स्थानीय र जिल्ला तहमा पनि सेवा प्रवाहमा कुनै कमि हुनेछैन,’ उनले भने ।
मन्त्रालयले यसै साता देखि सिफारिस भएर आएका नयाँ मेडिकल अधिकृतहरुको पदस्थापन गर्दैछ ।
सम्पर्क इमेल : [email protected]