४३ जना मेडिकल अधिकृत अध्ययन विदामा, दरबन्दी सारियो

4.1k
Shares

काठमाडौँ, ८ मंसिर । सरकारी सेवामा कार्यरत ४३ जना मेडिकल अधिकृत अध्ययन् विदामा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदामा रहेका ती मेडिकल अधिकृतहरुको दरबन्दी व्यवस्थापन गरेको छ ।

मन्त्रालयका उपसचिव बाबुराम लामिछानेका अनुसार नयाँ पदस्थापन हुँदै गरेका मेडिकल अधिकृतहरुलाई अध्ययन विदामा बसेका मेडिकल अधिकृतको स्थानमा पठाइदै छ । यसले सेवा प्रवाहमा सहयोग गर्ने उनको विश्वास छ ।

लामिछानेका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल जस्ता कम दरबन्दी भएका ठाँउबाट विदामा बस्नेहरुको पद ठूला अस्पताल र धेरै डाक्टर भएका स्थानमा लगिएको छ । ‘यसले गर्दा स्थानीय र जिल्ला तहमा पनि सेवा प्रवाहमा कुनै कमि हुनेछैन,’ उनले भने ।

मन्त्रालयले यसै साता देखि सिफारिस भएर आएका नयाँ मेडिकल अधिकृतहरुको पदस्थापन गर्दैछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *