जिल्ला स्वास्थ्य-जनस्वास्थ्य खारेज नहुने

10.5k
Shares

जनकपुर १८ असोज । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जिल्ला स्वास्थ्य र जनस्वास्थ्य खारेज नहुने बताएका छन् । यद्धपी उनले संस्थाको ‘साइज’मा भने केही परिवर्तन हुनसक्ने संकेत गरेका छन् ।

पोलियो रोग विरुद्धको नयाँ खोप ‘फ्याक्स्नल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी)को औपचारिक शुभारम्भ गर्न जनकपुर पुगेका मन्त्री यादवले जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयहरु यथावत रहने भन्दै सोही मनस्थितिमा अघि बढ्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

‘हामीले निर्णय गरिसकेका छौँ । अब क्याविनेटबाट त्यसको अन्तिम टुंगो लाग्नेछ । स्वास्थ्य सम्वेदनशील विषय हो । यसमा थोरै पनि तलमाथि हुनु हुँदैन । जिल्लाको संरचना खारेज गरेर स्वास्थ्य क्षेत्र झनै डामाडोल बन्न सक्छ । जिल्ला हटाउने कुरा फिर्ता भएको छ,’ मन्त्री यादवले भने ।

उनले जिल्लासंगै यसअघि क्षेत्रीय रुपमा रहेका मेडिकल स्टोर र तालिम केन्द्रहरुलाई अब प्रदेशमा रहने गरी व्यवस्था गर्न लागेको बताए ।

यसअघिको संरचनामा दुई वा तीन जिल्ला गाभेर ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय खोल्ने निर्णय भएको थियो । त्यसको जिल्ला समेत छनौट भइसकेको थियो । तर स्वास्थ्यको दरबन्दी र संरचनाका बारेमा तिब्र विवाद चलेपछि पुन यसको परिमार्जन गर्न लागिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “जिल्ला स्वास्थ्य-जनस्वास्थ्य खारेज नहुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *