शुक्रराज हस्पिटलमा चार बेड आइसियू सञ्चालनमा
काठमाडौँ, २४ भदौ । धेरैलाई थाह नहुन सक्छ टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले पनि आइसियू सेवा सञ्चालनमा ल्याएको छ । गत १७ जेठ देखि टेकु अस्पतलाले चार बेडको आइसियू सञ्चालनमा ल्याएको हो ।
सञ्चालनमा आए देखि नै चार बेड आइसियू कहिल्यै खालि भएको छैन् ।
अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले चारमध्ये दुई बेड भेन्टिलेटर सहितको रहेको बताए । उनले आइसियूमा बढी जसो एचआईभी एड्स लागि सिकिस्त भएका र सर्पले टोकेर सिकिस्त अवस्थामा पुगेका व्यक्तिहरु उपचार हुने गरेको बताए ।
एनेस्थेसियोलोजिष्ट वीर अस्पतालबाट अनकलमा
आइसियू सेवाका लागि एनेस्थेसियाको चिकित्सक हुनुपर्ने हुन्छ । आइसियूको इन्चार्ज नै एनेस्थेसियोलोजिष्ट हुनुपर्ने प्रावधान छ । तर टेकु अस्पतालमा एनेस्थेसियाको दरबन्दी नै छैन ।
‘चार बेडको आइसियू स्थापना गरिसक्दा ऐनेस्थेसियाको दरबन्दी नभएपछि टेकुले वीर अस्पतालसंग समन्वय गरी सो समस्या समाधान गरेको छ । अहिले हामी ऐनेस्थेसियाको सेवा वीर अस्पतालका डाक्टरबाट गराउँदै आएका छौँ,’ अस्पतालका निर्देशक डा. पाण्डेले भने ।
‘खासमा भेन्टिलेटर प्रयोग गर्न ऐनेस्थेसियोलोजिष्टको जरुरी पर्दोरहेछ । हामीसंग दरबन्दी नै छैन् । मन्त्रालय र विभागसंग माग गरेका छौँ । तर आइसकेको छैन । त्यसैले पनि वीरबाट एनेस्थेसियोलोजिष्ट बोलाएर काम चलाएका छौँ,’ अस्पतालका प्रशासन प्रमुख रुपनारायण खतिवडाले भने ।
सम्पर्क इमेल : [email protected]