स्वास्थ्यका तीन जना सहसचिवमा बढुवा

काठमाडौँ – स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत तीन जना उपसचिवहरु सहसचिवमा बढुवा भएका छन् ।
बढुवा हुनेहरुमा स्वास्थ्यमन्त्रालय योजना महाशाखा अन्तर्गत छात्रबृत्ति शाखामा कार्यरत झलक शर्मा पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहता र जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख हरिशचन्द्र साह छन् ।
कार्यसम्पादन र जेष्ठताका आधारमा तीनै जनालाई शुक्रबार बसेको लोकसेवा आयोगको बढुवा समितिको बैठकले सहसचिवमा पदोन्नती गर्ने निर्णय गरको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



