सिंहदरबारमा निशुल्क स्वास्थ्य शिविर, १३० जना कर्मचारीको परीक्षण

104
Shares

काठमाडौँ, २१ भदौ । निजामती सेवा दिवसको अवसरमा सिंहदरबारस्थित हेल्थ डेक्सले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । दुई दिने उक्त शिविरको पहिलो दिन आज १३० जना कर्मचारीले स्वास्थ्य परीक्षण गराएका थिए ।

उक्त शिविरमा ६० जनाको मधुमेह जाँच, ५० जनाले इको, ५५ जनाको इसिजि गरिएको थियो ।

हेल्थ डेक्स प्रमुख दीपक मुडभरीका अनुसार शिविरमा जाँच गर्न आउनेमध्ये अधिकांशको उच्चरक्त चापको समस्या थियो । शिविरमा जाँच गर्न आएका मध्ये २० जनालाई उच्चरक्तचापको औाषधि खानुपर्ने र १५ जनामा मधुमेहको औषधि खानुपर्ने अवस्था देखिएको थियो ।

शिविरका लागि वीर अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट विशेषज्ञ चिकित्सक आएका थिए । सिंहदरबार परिषरमा निशुल्क शिविर शुक्रबार ( भोलि ) पनि चल्नेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *