यस्तो छ स्थानीय निकायका लागि स्वास्थ्यले प्रस्ताव गरेको नयाँ दरबन्दी संरचना
काठमाडौँ, १८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय निकायमा रहने स्वास्थ्यका लागि नयाँ दरबन्दी पठाएको छ ।
यसअघि स्वीकृत भएको दरबन्दीमा स्वास्थ्यकर्मीहरुले व्यापक विरोध गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय निकायमा रहने स्वास्थ्य संरचनाका लागि नयाँ दरबन्दी तेरिज पठाएको छ ।
मन्त्रालयको प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलको संयोजकत्वमा गठित समितिले करीव एक महिना लामो होमवर्क गरी नयाँ दरबन्दी तेरिज सामान्य प्रशासन मन्त्रालयमा पठाएको हो ।
‘यस अघि दरबन्दीमा सातौँ तहका कतिपय समूहको दरबन्दी नै हराएको थियो । यसपटक त्यो सबै ल्याएको छ । त्यसबाहेक स्थानीय पालिकाहरुमा नर्स तथा सिअहेवको संख्या बढाइएको छ । समग्रमा भन्दा अहिलेको दरबन्दी तेरिजमा सबैको व्यवस्थापन हुने गरि मिलाउने अधिकतम प्रयास गरिएको छ,’ डा प्याकुरेलले भने ।
स्वास्थ्य सचिव डा पुष्पा चौधरीले मन्त्रालयले गत शुक्रबार नै नयाँ दरबन्दी तेरिज सामान्यमा पठाएको जानकारी दिइन ।
यस्तो छ स्थानीय निकायका लागि स्वास्थ्यले प्रस्ताव गरेको नयाँ दरबन्दी संरचना
सम्पर्क इमेल : [email protected]
More difficult in reading the capture image .
Hope we know it soon.
N thank for kind information .