ऐनको विरोधमा उत्रिएका चिकित्सकले सरकारलाई ‘लाइसेन्स’ बुझाए

244
Shares

काठमाडौँ, १७ भदौ । मुलुकी अपराध ( संहिता) ऐन २०७४ को विरोधमा आन्दोलनरत नेपाल चिकित्सक संघले जम्मा गरेको ६ हजार बढी चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) र हस्ताक्षर सरकारलाई बुझाएको छ ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठको नेतृत्वमा दिउसो पौने दुई बजे नेपाल मेडिकल काउन्सिल पुगेर चिकित्सकहरुको टोलीले संकलित लाइसेन्स तथा हस्ताक्षर बुझाएको हो ।

त्यसअघि संघले माइतीघर देखि बानेश्वरसम्म र्यालीको प्रदर्शन गरेको थियो । उक्त र्यालीपछि नयाँ बानेश्वरमा कोण सभाको समेत आयोजना गरेको थियो । उक्त सभालाई सम्वोधन गर्ने चिकित्सकहरुले सरकारले ल्याएको नयाँ कानूनको चर्को विरोध गरेका थिए ।

चिकित्सकलाई अपराधी करार गर्ने यो कानुन रहेसम्म उपचार कार्यमा सहभागी हुन सकिदैन भनेरै लाइसेन्स र हस्ताक्षर बुझाएका हौँ । संघका महासचिव डा. लोचन कार्कीले भने ।

चिकित्सकको टोलीले आज काउन्सिल उपाध्यक्ष डा नारायणविक्रम थापालाई भेटेर लाइसेन्स बुझाएको हो ।

महासचिव डा कार्कीले आफूहरुको पछिल्लो आन्दोनलका बारेमा सरकारले अहिलेसम्म चासो नदेखाएको भन्दै यसअघि घोषणा भएका पूर्ववत कार्यक्रमहरु यथावत रुपमा जारी रहने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *