रोटरीसंगको सहकार्यमा ‘गिभ अ स्माइल प्रोजेक्ट’ शुरु गर्दै केडीसी

काठमाडौँ, ६ साउन ।  कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले चालु आर्थिक बर्षमा देशका ६ वटा जिल्लाका १०० वटा विद्यालयमा मुख स्वास्थ्य सम्वन्धी चेतनामुलक अभियान गर्ने भएको छ ।

‘गिभ अ स्माइल’ अर्थात ‘मुस्कान दिनुस’ नामक यो अभियान कान्तिपुरले रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ र रोटरी क्लव अफ काठमाडौँ नर्थसंगको सहकार्यमा गर्ने भएको हो । यो अभियान रोटरी नेशनल लिटरेसी मिसन (आर एन एलएम) अन्तरगर्तको हो ।

राजधानीमा आज आयोजित विषय समारोहमा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, रोटरी क्लव अफ काठमाडौँ नर्थबीच गिभ अ स्माइल प्रोजेक्ट अघि बढाउने विषयमा सम्झौँता भएको छ ।

सम्झौँता पत्रमा केडीसीका तर्फबाट अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ र रोटरी क्लव अफ काठमाडौँ नर्थका तर्फबाट अध्यक्ष रोटरियन बलराम राईले हस्ताक्षर गरे ।

सम्झौँता अनुसार यो आर्थिक बर्ष भित्र केडीसीको टोलीले काठमाडौँ, ललितपुर, भक्तपुर , कास्की, स्याङजा र रुपन्देहीका गरी १०० वटा विद्यालयमा पुगेर निशुल्क स्वास्थ्य शिविर तथा मुख स्वास्थ्य सम्वन्धी सचेतना अभियान शुरु गर्नेछन् ।

कार्यक्रममा बोल्दै बोल्दै डिस्ट्रिक्ट गभर्नर इलेक्ट रोटरियन किरणलाल श्रेष्ठ तथा पास्ट डिस्ट्रिक्ट गर्भनर तथा रोटरी लिटरेसी मिसन नेपालका अध्यक्ष रोटरियन तीर्थमान शाक्यले गिभ अ स्माइल प्रोजेक्ट नामक अभियानको महत्वको चर्चा गरेका थिए ।

यस्तै केडीसीका अध्यक्ष डा श्रेष्ठले मुख स्वास्थ्य सम्वन्धी जनचेतना जगाउने अभियान रोटरीसंगको सहकार्यमा जिल्ला जिल्लामा फैलाउन पाउनु खुशीको क्षण भएको बताए ।

मुख तथा दन्त स्वास्थ्यको समस्या नेपालमा भयावह अवस्थामा छ । अहिले पनि करीब ८० प्रतिशत मानिसहरुले दन्त उपचार सेवा सहि रुपमा नपाएको अनुमान गरिएको छ । देशका अधिकांश जनताहरु समयमै दाँतको उपचार नपाउँदा किराले खाने, गिजाको रोग, बांगो टिंगो, मुखमा घाउ खटिरा, समय नपुग्दै दाँत झर्ने मात्रै होइन मुखको क्यान्सरको समस्या समेत भोग्न विवश छन् ।

डा श्रेष्ठले यो अभियानबाट मुख स्वास्थ्य परीक्षण मात्रै नभई मुख स्वास्थ्यको महत्वको बारेमा समेत सर्वसाधारणलाई बुझाउने प्रयास हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *