स्वास्थ्य मन्त्रालयको नेतृत्व फेरियो, वेवसाइटमा अझै फेरिएन

352
Shares

काठमाडौँ, २३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व फेरिएको ६ दिन भइसक्यो तर मन्त्रालयको वेवसाइटमा अहिले पनि फेरिएको छैन । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गत १८ जेठमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदवहाली गरेका थिए ।

पदवहालीसंगै मन्त्रालयको नेतृत्व पनि राज्यमन्त्री पद्मा अर्यालबाट यादवमा सरेको थियो । तर मन्त्रालयको आधिकारिक वेवसाइटमा अहिले पनि नेतृत्व राज्यमन्त्री अर्यालले नै गरेको देखाइएको छ । उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवको कहि कतै उल्लेख छैन ।

‘यसले मन्त्रालयको संयन्त्र कति चुस्त छ भन्ने देखाँउछ,’ मन्त्रालयका एक अधिकारीले भने ।

त्यसो त मन्त्रालयले वेव अपडेट गर्र्न कम्प्युटर अधिकृतको सहित केही स्थायी कर्मचारीको व्यवस्था गरेको छ ।

सम्वन्धित समाचार हेर्न तलका लिंक क्लिक गरौँ………

उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले गरे पदबहाली (भिडियो सहित)

स्वास्थ्य मन्त्रालयमा मन्त्री यादवको यसरी स्वागत गरिन राज्यमन्त्री अर्यालले

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *