मन्त्रिपरिषद्का पूर्व अध्यक्षले भेटे पाल्पा बस दुर्घटनाका घाइतेलाई

92
Shares

काठमाडौँ, २० जेठ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले पाल्पा बस दुर्घटनाका घाइतेहरुलाई भेटेका छन् । आज दिउसो धापासीस्थित ग्राण्डी अस्पतालमा पुगेर उनले घाइतेहरुलाई भेटेका हुन् ।

१५ जनाको ज्यान जाने गरी गत शुक्रबार पाल्पाको हुमिनमा भएको दुर्घटनाका तीन जना घाइतेलाई थप उपचारका लागि शनिबार काठमाडौँ ल्याइएको थियो ।

भेटका क्रममा पूर्व अध्यक्ष रेग्मीले परिवारलाई धैर्य हुन आग्रह गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गरे ।

त्यसअघि रेग्मीलाई घाइतेको अवस्था र उपचारबारे अस्पतालका कार्यकारी निर्देशक डा चक्रराज पाण्डेले जानकारी गराएका थिए । सो क्रममा पूर्व अध्यक्ष रेग्मीले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न अनुरोध समेत गरे ।

यसैबीच पूर्व अध्यक्ष रेग्मीले ग्राण्डी अस्पतालमै आज भर्ना भएका राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

भारतको दिल्लीस्थित मेदान्ता अस्पतालमा दश दिन लामो उपचार गरि हिजो मात्रै स्वदेश फर्किएका घिमिरेको स्वास्थ्य अवस्था पुन विग्रिएपछि विहानै ग्राण्डी पुरयाइएको थियो । रेग्मीले राष्ट्रकवि शीघ्रस्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *