कञ्चनपुर : लालझाडीमा ४० जना कुष्ठरोगी

64
Shares

कञ्चनपुर, २ जेठ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा ४० जना कुष्ठरोगीको पहिचान गरिएको छ ।

कुष्ठरोगी फेला परेपछि न्यूनीकरणको प्रयास थालिएको छ । गाउँपालिकाको वडा नं १ र २ मा बढी कुष्ठरोगी रहेका छन् । पहिचान गरिएका कुष्ठरोगीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए।

कुष्ठरोग लागेपछि विगतमा घरभन्दा टाढाको झोपडीमा रोगीलाई राखिँदै आएको थियो । उनले भने, “सामाजिक चेतनामा आएको परिवर्तनले कुष्ठरोगीलाई हाल परिवारसँगै राखेर उपचार गरिँदै आएको छ ।”

एनएनएसडब्लुए नामक संस्थाको समन्वयमा एनएलआर नामक संस्थाले कुष्ठरोगबारे जनचेतना जगाउने, उपचारका लागि सहयोग गर्नेलगायतका कार्यमा सहयोग गरिरहेको उनको भनाइ रहेको छ । कुष्ठरोग लागेका व्यक्तिलाई स्वास्थ्यचौकीबाट उपचारसँगै निःशुल्क औषधि उपलब्ध गराइँदै आएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *