काठमाडौं बन्यो ४१ औँ पूर्ण खोप सुनिश्चित जिल्ला

188
Shares

काठमाडौँ, २६ चैत ।  जिल्ला भित्र रहेका सम्पूर्ण बालबालिकाहरुले खोप पाएको भन्दै काठमाडौँलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । घोषणासंगै काठमाडौँ ४१ औँ पूर्ण खोप सुनिश्चित भएको जिल्ला भएको छ ।

टुडिखेलमा आज आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले जिल्ला खोप समन्वय समितिका अध्यक्ष शिवसुन्दरराज बैद्यलाई खोप सुनिश्चिताको प्रमाणपत्र प्रदान गरेका थिए । त्यसअघि जिल्ला खोप समन्वय समितिका सदस्यसचिव महेन्द्रप्रसाद श्रेष्ठले खोप सुनिश्चिताका लागि अध्यक्ष बैद्य समक्ष प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावलाई स्विकार्दै अध्यक्ष बैद्यले पूर्ण खोप सुनिश्चितका लागि प्रतिवद्धता जाहेर गराएका थिए ।

१० वटा नगरपालिका र एक महानगर भएको काठमाडौँ जिल्लामा २३ महिना मुनिका करीब ४४ हजार बालबालिका रहेको अनुमान छ । ती सबै बालबालिकाहरु खोपको कभरेजमा परेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको अध्यक्ष बैद्यले बताए ।

कार्यक्रमको प्रमुख अतिथि बनेका उपराष्ट्रपति पुनले खोप स्वस्थ नागरिक उत्पादन गर्न पहिलो औजार रहेको बताए । उनले रोग नलाग्न, अपांग हुनबाट जोगिन खोपको आवश्यक रहेको भन्दै काठमाडौँको प्रतिवद्धताको सराहाना गरे ।

कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री पद्मा कुमारी अर्यालले सन् २०१७ को प्रतिवद्धता अहिलेसम्म पुरा हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिन । उनले अहिले पनि देशका करीब १७०० वडाहरुमा स्वास्थ्य संस्थाको उपस्थिति नभएको भन्दै ती स्थानमा स्वास्थ्य सेवा पुरयाउन चुनौती रहेको बताइन ।

सो अवसरमा विभिन्न नगरपालिका तथा संघसंस्थाहरुले झाँकी सहितका प्रस्तुतिहरु समेत दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *