अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मी संघको राष्ट्रिय भेला ललितपुरमा शुरु
ललितपुर, २४ चैत । नेकपा माओवादी केन्द्र निकट स्वास्थ्यकर्मीहरुको संस्था अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मी संघको राष्ट्रिय भेला शुरु भएको छ । ललितपुरको स्टाफ कलेज सभाहलमा शुरु भएको सो भेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।
भेलामा चिकित्सक, नर्स, प्यारामेडिक्स, लगायतका विभिन्न १२ वटा पेशागत स्वास्थ्य समूहबाट प्रतिनिधित्व गरेका ७ सय बढी प्रतिनिधिहरुको सहभागीता छ । प्रगतिशिल स्वास्थ्यकर्मी संघका क्षेत्रराज कार्कीका अनुसार भेला संघीय संरचनामा स्वास्थ्य क्षेत्रलाई कसरी व्यवस्थित गर्ने भन्नेमा केन्द्रीत रहनेछ ।
‘अहिलेको जल्दोबल्दो विषय संघीय संरचनामा स्वास्थ्यको संरचनालाई कसरी फिट राख्ने भन्ने नै हो । देशभरबाट आएका साथीहरुका अनुभव र विज्ञहरुका सुझाव अनुसार हामीले एउटा साझा निस्कर्ष तय गर्छौै र पार्टीलाई सुझाव दिन्छौँ ‘ कार्कीले भने ।
भेलामा प्रचण्डका अलवा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा गुणराज लोहनी, डा सीपी मास्के, डा बुलन्द थापा लगायतको सहभागीता छ ।
सम्पर्क इमेल : [email protected]