पूर्व निमित्त महानिर्देशक डा. पन्त क्षयरोग केन्द्रमा हाजिर भए

404
Shares

काठमाडौँ, २१ चैत ।  स्वास्थ्य सेवा विभागका पूर्व निमित्त महानिर्देशक डा. राजेन्द्र पन्त आजबाट राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरमा हाजिर भएका छन् । केन्द्रका निर्देशक डा. केदार नरसिंह केसीले आजबाट अनिवार्य अवकाश पाएसंगै पन्तले सो पद सम्हालेका हुन् ।

पछिल्लो पटक सर्वोच्च अदालतको आदेशबाट विभागमा निमित्त महानिर्देशकको पद सम्हाल्न पुगेका डा. पन्तलाई मन्त्रालयले दुई दिन पछि नै केन्द्रका लागि काज फिर्ता गरेको थियो । विभागमा भने बाह्रौ तहका प्रमुख विशेषज्ञ डा.  विनोदमान श्रेष्ठलाई पठाएको थियो ।
काज फिर्ता भएपनि डा. पन्त भने भक्तपुर गएका थिएनन् । उनी विदामा बसेका थिए ।

‘हो म आजबाट भक्तपुरस्थित केन्द्रमा हाजिर भएको छु,’ डा. पन्तले भने, ‘अव नियमित रुपमा काममा सक्रिय हुनेछु ।’

निमित्त महानिर्देशक भएका डा. पन्तलाई तत्कालिन स्वास्थ्य मन्त्री दिपक बोहराले गत ३० पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय तानेका थिए । उनको ठाँउमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत डा. तारानाथ पौडेललाई लगेका थिए । सो निर्णय विरुद्ध डा. पन्त सर्बोच्च अदालत गएका थिए ।

उनको पक्षमा सर्बोच्चले गत १८ माघमा निर्णय गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *