जिल्लाअस्पताल भोजपुरको प्रसूति शल्यक्रिया सेवा पुनः सञ्चालन
भोजपुर, २२ फागुन । भोजपुरमा रहेको एकमात्र जिल्ला अस्पतालको प्रसूति शल्यक्रिया सेवा करिब दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ ।
शल्यक्रियाका लागि आवश्यक दक्ष जनशक्ति तथा औषधिको अभावका कारण बन्द रहेको प्रसूति सेवा सोमबारदेखि पुनः सञ्चालनमा आएको हो । शल्यक्रिया सेवा बन्द हुँदा सुत्केरी महिलाले निक्कै सास्ती भोग्नुपरेको थियो ।
हालै मात्र प्रसूति शल्यक्रिया सेवा सञ्चालनका लागि दुुईजना दक्ष चिकित्सक ल्याएपछि सोमबार एकजनाको शल्यक्रिया गरी प्रसूति गराउन सफल भएको डा पुजन विश्वकर्माले जानकारी दिए ।
हाल शल्यक्रियाका लागि डा त्रिभुवनचन्द्र झा र पुजन विश्वकर्माले सेवा दिइरहेका छन् । पुनः सेवा सञ्चालनमा आएसँगै यहाँका स्थानीयवासी हर्षित भएका छन् ।
सेवा बन्द भएपछि भौतिक पूर्वाधारसमेत जीर्ण बन्दै गएका कारण पनि सेवा सञ्चालनमा ल्याउन समस्या रहेको डा विश्वकर्माले बताए । अब भने सेवा निरन्तर सञ्चालनमा रहने अस्पतालले जनाएको छ । रासस
सम्पर्क इमेल : [email protected]