फागुन २९ गतेदेखि अनसन बस्ने डा. केसीको घोषणा

100
Shares


काठमाडौँ, १९ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले फागुन २९ गतेदेखि अनसन बस्ने घोषणा गरेका छन् ।

प्रा.डा. केसीले दुईबुँदे मागअघि सार्दै अनसन बस्ने घोषणा गरेका हुन्।

प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउनु पर्ने र चिकित्सा शिक्षासम्वन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वनजिक गर्दै दोषीलाई कारबाही गर्नु पर्ने उनको माग छ ।

मागहरु

१. न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने, न्यायालयको मर्यादा गिराउने, सिंगो न्यायालयलाई आफ्नो स्वार्थको बन्धक बनाउने तथा लोकतान्त्रिक संविधानको मर्ममा प्रहार गर्दै मिडियामा सेन्सरसीप लगाउन प्रयास गर्ने प्रधान न्यायधीश गोपाल पराजुलीबाट तत्काल राजीनामा दिइयोस्, नदिएको अवस्थामा तत्काल महाभियोगको प्रक्रियाबाट उनलाई पदबाट हटाएर उनीमाथि कानुनी छानविन र कारवाही गरियोस्।

२. चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठहर्याइएका पदाधिकारीहरुलाई तत्काल आयोगको सिफारिशबमोविम कारवाही गरियोस्।

डा. गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *