उपचार शुल्क निर्धारण समितिको बैठकले यस्तो गर्‍यो निर्णय

244
Shares

काठमाडौँ, २६ माघ ।  गठन भएको चार बर्षपछि आज उपचार शुल्क निर्धारण समितिको बैठक बसेको छ । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको अध्यक्षतामा आज स्वास्थ्य मन्त्रालयमा पहिलो पटक बैठक बसेको हो ।

बैठकले सेवाको बर्गीकरण र लिन पाउने मूल्यको निर्धारण सहितको प्रतिवेदन ३५ दिन भित्र पेश गर्न चिकित्सा सेवा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ ।

सो कार्यदलमा मन्त्रालय प्रमुख अस्पताल नर्सिङ प्रशासक लक्ष्मी तुईतुई, कानुनका उपसचिव शम्भुराज रेग्मी, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका डा अर्जुन सापकोटा सापकोटा रहेका छन् । यस्तै निजी अस्पतालहरुको छाता संस्था अफिनका प्रतिनिधि, आपूर्ति मन्त्रालयका प्रतिनिधि, निजी मेडिकल कलेज तथा डेन्टल कलेजहरुको एसोसिएशनका प्रतिनिधि र उपभोक्ता महासंघका प्रतिनिधि समेत सदस्य रहेका छन् ।सो समितिमा सदस्य सचिवको जिम्मेबारी चिकित्सा सेवा महाशाखाका शाखा अधिकृत कृष्ण सुवेदीलाई दिइएको छ ।

समिति संयोजक डा श्रेष्ठले बैठकमा शुल्कका बारेमा पछिल्लो समय उठेका कुराहरुका बारेमा छलफल भएको बताए । उनले आफ्नो संयोजकत्वमा समिति गठन भएको र त्यसले कुन उपचारमा कसरी शुल्क लिन सकिने भन्ने बारेमा अध्ययन गरी प्रतिवेदन दिने बताए ।

समितिका सदस्यसचिव सुवेदीले सेवाको बर्गिकरण गरी लिन पाउने मूल्य निर्धारण गरी सुझाव सहितको प्रतिवेदन बुझाइने बताए ।
पछिल्लो समय कतिपय निजी अस्पतालहरुले आफूखुशी शुल्क तोकी बिरामीलाई चर्को रकम तिर्न बाध्य बनाएको उजुरी पर्न थालेपछि मन्त्रालय यस विषयमा अघि सरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *