डा. केसीद्धारा चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन कार्यान्वयन गर्न माग

80
Shares

काठमाडौँ, २३ माघ ।  त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा जाँच बुझ आयोगले दिएको प्रतिवेदन कार्यन्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले प्रतिवेदन कार्यान्वनयमा विलम्ब गरे आफूले कडा कदम चाल्ने चेतावनी दिएका छन् । 

सोमबार विज्ञप्ती जारी गर्दै डा केसीले त्रिवि पदाधिकारीको बर्खास्ती, केयु तथा मेडिकल काउन्सिलका पूर्व पदाधिकारीहरु माथि आयोगले गरेको कारबाहीको सिफारिस तत्काल कार्यान्वनय हुनुपर्ने माग गरेका छन् ।

उनले प्रधानन्यायधीश गोपाल पराजुलीको समेत राजिनामा र उनले दिएको धम्कीको विषयमा छानवीन गर्न समेत माग गरेका छन् । विज्ञप्तीमा उनले डीन कार्यालयमा अवरोध गरेर आइओएमलाई ध्वस्त बनाउन खोजिएको समेत आरोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *