लुम्विनी अञ्चल अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा डा. खनाल

1.3k
Shares
बायाँबाट क्रमश डा. कृष्ण खनाल डा. सर्बेश शर्मा

काठमाडौँ, ११ भदौ ।लुम्विनी अञ्चल अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा डा कृष्ण खनाल नियुक्त भएका छन् । गत जेठमा एघारौँ तहमा बढुवा भएका डा खनाललाई स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट मेसुमा नियुक्त गरिएको हो ।

यसअघि लुम्विनी अञ्चल अस्पतालका मेसु रहेका डा विकास देवकोटालाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा ल्याइएपछि सो अस्पतालको निमित्त मेसु डा राजेन्द्र सञ्जेल तोकिएका थिए ।

यस्तै मन्त्रालयले हेटौडा अस्पतालमा दुव्र्यवहार खेपेका डा सर्बेश शर्मालाई राप्ती अञ्चल अस्पताल दाङ सरुवा गरेको छ । उनलाई गत महिना अस्पतालकै कर्मचारीले कार्यकक्षमा गएर दुव्र्यवहार गरेका थिए ।

पछिल्लो समय व्यवस्थापन समिति अध्यक्षसंग कुरा नमिलेको भन्दै सरुवा मागेपछि उनलाई दाङ पठाइएको मन्त्रालय स्रोतले बतायो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *