युनिसेफद्धारा खोप राख्ने १०७ वटा रेफ्रिजरेटर सहयोग

0
Shares

नेपालीहेल्थ/ काठमाडौँ-

UNicefयुनिसेफले विभिन्न जिल्लाका खोप केन्द्रका लागि प्रयोग हुने १०७ वटा आइसल्याण्डिङ रेफ्रिजरेटर उपलव्ध गराएको छ । स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखालाई उपलव्ध गराएको रेफ्रिजरेटर विभिन्न जिल्लाका लागि पठाइएको खोपशाखा प्रमुख मुकुन्द गौतमले बताए ।

आवश्यक तापक्रम निर्धारण गरी राख्नु पर्ने खोपका लागि सो रेफ्रिजरेटर उपलव्ध गराएको युनिसेफले जनाएको छ । खोपशाखा प्रमुख गौतमले जिल्ला अस्पतालका खोप केन्द्र र विभिन्न स्थानमा खोलिएका उपकेन्द्रहरुका लागि रेफ्रिजरेटर पठाइएको जानकारी दिए ।

आपूर्ति महाशाखाका कोल्डचेन शाखा प्रमुख बडेबाबु थापाले अधिकांश रेफ्रजरेटर जिल्ला पुगिसकेको र केही पुग्न बाकी रहेको बताए । उनले ल्याइएका रेफ्रिजरेटरको पचास र एक सय लिटर क्षमता रहेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *