डाक्टरका संगठनका संयुक्त माग : ‘जेल विथ आउट बेल लागू गर’

काठमाडौँ, ९ बैशाख । कान्ति अस्पतालका चिकित्सक डा मुकुन्दकुमार देव माथि भएको हातपातको घटनालाई लिएर चिकित्साक्षेत्रका पेशागत तथा विद्यार्थी संगठनहरुले ‘जेल विथ आउट बेल’ तत्काल लागू गर्न सरकारसंग माग गरेका छन् । उनीहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । यसअघि दोखलामा चिकित्सक माथि दुव्र्यवहार हुँदा ‘जेल विथ आउट वेल’ लागु गर्ने कुरा भएको थियो । 

गत वुधबार कान्ति अस्पतालका आवासीय चिकित्सक डा देव माथि सोलुखुम्बुका २६ बर्षीय अनिल श्रेष्ठले आकस्मिक कक्षमै मुक्का प्रहार गरेका थिए । त्यस लगत्तै फरार रहेका श्रेष्ठलाई हिजो मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

आज विज्ञप्ती जारी गर्नेहरुमा रेजिडेन्ट एसोसियसन अफ न्याम्सका अध्यक्ष डा विष्णु भण्डारी, नेशनल रेजिडेन्ट डक्टर्स एसोशिएसनका अध्यक्ष डा लिजन महर्जन, जुनियर वेलफेयर सोसाइटीका अध्यक्ष डा अजितकुमार यादव छन् ।

त्यस्तै सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डे, नेशनल डक्टर्स एसोशिएसनका अध्यक्ष डा सन्तोष पौडेल, डक्टर्स सोसाइटी अफ नेपालका अध्यक्ष डा दीपेन्द्र्र पाण्डे, डक्टर्स फर चेन्जका अध्यक्ष डा विश्ववन्धु बगाले र सेभ मेडिकल फर्टिनीटी मुभमेन्टका अध्यक्ष डा तोसीमा कार्की छन् ।

उनीहरुले विज्ञप्तीमा कान्तिका डाक्टर माथि घटेको घटनाको निस्पक्ष छानविन गरी दोषीमाथि कार्वाही तथा पिडीत चिकित्सक माथि न्यायोचित क्षतिपूर्तिको व्यवस्थ ागर्न समेत माग गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *