नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्न सरकारको बजेट डेढ करोड

0
Shares

काठमाडौँ, ३० चैत । सरकारले वैशाख १ गतेबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवाका लागि रु डेढ करोड छुट्याएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले विश्व मिर्गौला दिवस (फागुन २६) मा सरकारले मिर्गौला रोगीलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका थिए ।

मन्त्री थापाले भने, “चालु आर्थिक वर्षका लागि मात्र उक्त रकम छुट्याइएको हो । आवको अन्त्यसम्म हुने मिर्गौला प्रत्यारोपणमा अपुग भएको रकम पुनः छुट्याइने छ ।” सरकारले यसअघि नै मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा पनि निःशुल्क गरिसकेको छ ।

निःशुल्क उपचार गर्दा सरकारले आर्थिक भार थेग्न सक्दैन भन्ने आएका टिप्पणीबारे मन्त्री थापाले सरकारले स्वास्थ्यमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै बजेट छुट्याउने र स्वास्थ्यकर कोषको रकम पनि स्वास्थ्यमा खर्च गरे समस्या नआउने बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *