एउटै बाबुले जन्माए ५४ जना छोराछोरी

4
Share

बलुचिस्तान २२ चैत । हामीकहाँ एक पिताका बढीमा कति सन्तान होलान ? पाँच जना ? आठ जना ? वा दश जना ? तर पाकिस्तानमा भने एकै व्यक्ति ५४ सन्तानका पिता भएका छन् ।

पाकिस्तानको बलुचिस्तानस्थित सुबेमा भईरहेको जनगणनामा एक यस्तो बाबु भेटिएका छन् जसले ५४ छोरा छोरी जन्माए । तर जसमध्ये १२ जनाको मृत्यु भईसकेको छ भने ४२ जना अझै जिवित छन् ।

बीबीसीका सम्वाददाता मोहम्मद काजमीका अनुसार ५० भन्दा बढी सन्तान जन्माउने हाजी अब्दुल मजिद बुलुचिस्तानको नुश्की जिल्लाका बासिन्दा हुन् ।नुश्की क्वेटाबाट लगभग १३० किलोमिटर टाढा पर्दछ । पेशाले ड्राईभर अब्दुलको उमेर अहिले ७० बर्ष पुगेको छ ।

अब्दुल मजीदले छ जनासंग विहे गरेका थिए । तर अहिले दुई जना श्रीमतीको मृत्यु भईसकेको छ । तर चार जना श्रीमती भने अहिले पनि उनीसंगै बस्छन् ।

अब्दुल मजीजको ४२ जीवीत सन्तान मध्ये २२ छोरा र २० जना छोरी छन् । यो जनगणना भन्दा पहिले क्वेटा शहर निवासी जान मोहम्मद खिलजी सबैभन्दा बढी सन्तान जन्माउने पिताको रुपमा रेकर्ड राखेका थिए । उनले ३६ जना सन्तान जन्माएका थिए । बीबीसी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *