एउटै बाबुले जन्माए ५४ जना छोराछोरी

बलुचिस्तान २२ चैत । हामीकहाँ एक पिताका बढीमा कति सन्तान होलान ? पाँच जना ? आठ जना ? वा दश जना ? तर पाकिस्तानमा भने एकै व्यक्ति ५४ सन्तानका पिता भएका छन् ।

पाकिस्तानको बलुचिस्तानस्थित सुबेमा भईरहेको जनगणनामा एक यस्तो बाबु भेटिएका छन् जसले ५४ छोरा छोरी जन्माए । तर जसमध्ये १२ जनाको मृत्यु भईसकेको छ भने ४२ जना अझै जिवित छन् ।

बीबीसीका सम्वाददाता मोहम्मद काजमीका अनुसार ५० भन्दा बढी सन्तान जन्माउने हाजी अब्दुल मजिद बुलुचिस्तानको नुश्की जिल्लाका बासिन्दा हुन् ।नुश्की क्वेटाबाट लगभग १३० किलोमिटर टाढा पर्दछ । पेशाले ड्राईभर अब्दुलको उमेर अहिले ७० बर्ष पुगेको छ ।

अब्दुल मजीदले छ जनासंग विहे गरेका थिए । तर अहिले दुई जना श्रीमतीको मृत्यु भईसकेको छ । तर चार जना श्रीमती भने अहिले पनि उनीसंगै बस्छन् ।

अब्दुल मजीजको ४२ जीवीत सन्तान मध्ये २२ छोरा र २० जना छोरी छन् । यो जनगणना भन्दा पहिले क्वेटा शहर निवासी जान मोहम्मद खिलजी सबैभन्दा बढी सन्तान जन्माउने पिताको रुपमा रेकर्ड राखेका थिए । उनले ३६ जना सन्तान जन्माएका थिए । बीबीसी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *