चीनमा बर्ड फ्लुको सङ्क्रमण, एकको मृत्यु

0
Shares

बेइजिङ (चीन), २० चैत । चीनको मध्य क्षेत्रमा अवस्थित हुनान प्रान्तमा फेला परेका बर्ड फ्लु (एच ७ एन९) सङ्क्रमित नयाँ बिरामीमध्ये एक जनाको आइतबार मृत्यु भएको चिनियाँ अधिकारीले बताएका छन् ।

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार मार्च २४–३० सम्मको समयमा थप छ जनामा बर्ड फ्लु सङ्क्रमण भेटिएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

पछिल्ला केही दिनमा यस क्षेत्रमा देखिएको चिसो मौसम र वर्षासँगै थप व्यक्तिमा सङ्क्रमण भेटिएको प्रान्तीय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आइतबार जनाएको छ ।

चीनमा देखिएको बर्ड फ्लुको सङ्क्रमणसँगै हुनान प्रान्तको राजधानी थङसामा मार्च १७ देखि जिउँदो कुखुरा व्यापारमा तीन हप्ताका लागि प्रतिबन्ध लगाइएको छ । रासस/पीटीआई

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *