चीनमा बर्ड फ्लुको सङ्क्रमण, एकको मृत्यु

बेइजिङ (चीन), २० चैत । चीनको मध्य क्षेत्रमा अवस्थित हुनान प्रान्तमा फेला परेका बर्ड फ्लु (एच ७ एन९) सङ्क्रमित नयाँ बिरामीमध्ये एक जनाको आइतबार मृत्यु भएको चिनियाँ अधिकारीले बताएका छन् ।

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार मार्च २४–३० सम्मको समयमा थप छ जनामा बर्ड फ्लु सङ्क्रमण भेटिएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

पछिल्ला केही दिनमा यस क्षेत्रमा देखिएको चिसो मौसम र वर्षासँगै थप व्यक्तिमा सङ्क्रमण भेटिएको प्रान्तीय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आइतबार जनाएको छ ।

चीनमा देखिएको बर्ड फ्लुको सङ्क्रमणसँगै हुनान प्रान्तको राजधानी थङसामा मार्च १७ देखि जिउँदो कुखुरा व्यापारमा तीन हप्ताका लागि प्रतिबन्ध लगाइएको छ । रासस/पीटीआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *