शाक्यद्वारा ५८ औं पटक रक्तदान

पोखरा, १९ चैत । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जद्वारा आयोजित १७ औं वार्षिक रक्तदान कार्यक्रममा पोखरा न्युरोड निवासी जीतेन्द्रमान शाक्यले आज ५८ औँ पटक रक्तदान गरेका छन्।

पहिलो पटक २०५५ सालमा रक्तदान गरेका ४८ वर्षीय शाक्यले त्यसयता आजसम्म ५७ औंँ पटकसम्म रक्तदान गरिसक्नुभएको थियो । पहिलो पटक रक्तदान गरेपछि लगभग केही वर्ष चार/पाँच महिनाको अन्तरालमा आफूले रक्तदान गरेको जानकारी दिँदै शाक्यले पछिल्ला पाँच वर्षयता प्रत्येक तीन/तीन महिनाको अन्तरालमा रक्तदान गर्दै आएको बताए।

रक्तदानले व्यक्ति स्वयम्लाई फूर्तिलो र स्वस्थ बनाउने बताउँदै उनले कुनै पनि डरत्रासबिना रक्तदान गर्न सबैलाई आग्रह गरे। रेडियो अन्नपूर्णले २०५८ सालदेखि वार्षिक रक्तदान कार्यक्रम गर्दैआएको जानकारी दिँदै रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले पोखरामा रगतको अभाव भएका अवस्थामा आकस्मिक रक्तदान पनि सञ्चालन गरेको बताए।

कार्यक्रममा २६८ जनाले रक्तदान गरेको रेडियो अन्नपूर्णले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *