एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा !

60
Shares

काठमाडौँ, ७ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रबाट प्रहरीले बिरामी बोक्ने  एम्बुलेन्समा लुकाएर राखिएको ठूलो परिमाणको लागूऔषध गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार एम्बुलेन्सभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजाजस्तो देखिने करिब साढे चार क्विन्टल (४५० किलोग्राम) लागूऔषध बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्राप्त प्रेस विज्ञप्तिअनुसार मिति २०८३ साल असोज ६ गते राति ११ बजेर १५ मिनेटको समयमा प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२० स्थित तरहरा पानीपिया जंगल क्षेत्रको कोशी लोकमार्गमा जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको हो।

प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको बा २ च ७६३ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा त्यसको पछाडिको भागमा पोका बनाई लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *