प्रधानमन्त्री राहत कोषमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

24
Shares


काठमाडौँ, ६ असोज । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रधानमन्त्री दैवीप्रकोप उद्दार तथा राहत कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

भोटेकोशी नदीमा गत १० भदौमा आएको प्रलयकारी बाढी पछि प्रभावितहरुको उद्दार राहत तथा पुनस्र्थापनाका लागि भन्दै परिषद्ले यसअघि नै सो रकम सहयोग गर्ने निर्णय गरेको थियो ।

परिषद्का अध्यक्ष सगुन पौडेल, सदस्य बसन्त श्रेष्ठ, रजिष्ट्रार रमेश श्रेष्ठ लगायतका पदाधिकारी तथा कर्मचारीको समूहले सोमबार सिंहदरबारमा अर्थ मन्त्री डा स्वर्णिम वाग्लेलाई भेट गरी सो सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीहरुबाट जम्मा भएको कोषको रकमबाट उक्त सहयोग रकम दिन सकिएको भन्दै परिषद्ले दर्ता भएका स्वास्थ्यकर्मीहरुलाई समेत धन्यवाद दिएको छ ।

बाढी पछि सरकारले आर्थिक सहयोगका लागि आव्हान गरेको थियो । सो आव्हानलाई समर्थन गर्दै सरकारका विभिन्न निकाय साथै निजी क्षेत्र र ठूलो अन्तराष्ट्रिय सहयोग आउन थालेको छ ।

सो आव्हान पछि कोषमा १५ अर्व बढी जम्मा भईसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *