रसुवा बाढी: वीर अस्पतालबाट १२ जना डिस्चार्ज

12
Shares

काठमाडौँ, १६ भदौ । गत १० भदौमा आएको रसुवा भोटेकोशीको बाढीमा परी उद्धारपछि वीर अस्पताल पुगेका १९ जनामध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

अस्पतालका अनुसार मंगलबार बिहानसम्म उपचाररत १२ जना डिस्चार्ज भएका हुन् । थप उपचार आवश्यक भएका ५ बिरामीलाई विभिन्न वार्डमा राखेर उपचार भइरहेको छ ।

त्यस्तै, एक जनालाई थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएको छ । हालसम्म ल्याइएको मध्ये एक जनाको  मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *