नेपाल चिकित्सक संघ निर्वाचन : उपत्यका बाहिर ४ हजार २४४ भोट खस्यो, कहाँ कति ?

64
Shares

काठमाडौँ, ५ बैशाख । नेपाल चिकित्सक संघ केन्द्रीय कार्यकारिणी समिति ( २०८२-२०८५ कार्यकाल) को लागि हिजो देखि सुरु पहिलो चरणको मतदान (काठमाडौँ उपत्यका बाहिर) कार्यक्रम आज सम्पन्न भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार २२ वटा मतदान केन्द्रमा दुई दिन ४ हजार २४४ भोट खसेको छ । निर्वाचन समितिका अनुसार पहिलो दिन १ हजार ९४२ र दोस्रो दिन २ हजार ३०२ भोट खसेको छ ।

मतदान केन्द्रमध्ये सबैभन्दा बढी ५४८ मत चितवनमा खसेको छ । यस्तै कोशीमा ५२५ र गण्डकीमा ४६६ भोट खसेको छ ।
सबैभन्दा कम डडेल्धुरा केन्द्रमा १८ भोट खसेको छ ।

अब दोस्रो चरणको निर्वाचन आगमी १८ र १९ बैशाखका दिन काठमाडौँमा हुनेछ । दुई दिनको मतदान पछि मात्रै मत गणनाको कार्य सुरु हुने बताइएको छ ।

यसपटक डा मंगल रावल नेतृत्वको टिम मंगल, डा बद्री रिजाल नेतृत्वको टिम बद्री र डा नारायण भुसाल नेतृत्वको टिम रिफर्म गरी तीनवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *