शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा दुई जनाको उम्मेदवारी

डा. शेरचन शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति हुने पक्का
448
Shares

काठमाडौँ, ३ बैशाख । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदका लागि दुई जनाको उम्मेद्वारी परेको छ । सभापति पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. ओजस्वी शेरचनलाई उठाएको छ भने नेकपा (एमाले)ले गुरु बराललाई उठाएको छ ।

समिति सभापतिको निर्वाचन भोलि दिउसो १ बजेका लागि तोकिएको छ ।

कुल १२ मध्ये १० वटा समितिमा सभापतिका लागि एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित जस्तै भईसकेका छन् ।

तर शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाहेक अर्को समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा पनि दुई जनाको उम्मेद्वारी परेको छ । सो समितिमा रास्वपाका तर्फबाट गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाहले उम्मेदवारी दर्ता गराएका छन् ।

डा. शेरचन शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति हुने पक्का

यसैबीच शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा दुई जनाको उम्मेदवारी परे पनि डा शेरचन सभापतिमा निर्वाचित हुने पक्का देखिएको छ । समितिमा मनोनित कुल २७ सदस्यमध्ये १७ जना रास्वपाका सांसद छन् ।

त्यसबाहेक प्रधानमन्त्री बालेन्द्र शाह, स्वास्थ्य तथा जनसंख्या, खानेपानी मन्त्री निशा मेहता, शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा विक्रम तिमल्सिना पदेन सदस्य हुन् ।

समिति सचिवालयका सचिव दशरथ धमलाले सभापति छनौटको निर्वाचनमा कुल मनोनित २७ संगै पदेन ४ समेत गरी ३१ जनाले सहभागिता जनाउन पाउने बताए ।

यस हिसावले आफ्नै पार्टीबाट मात्रै शेरचनको पक्षमा २१ मत पाउने निश्चित छ ।

यो भनेको स्पष्ट बहुमत संख्या हो ।

त्यसैले डा शेरचन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति हुने निश्चित देखिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *