स्वास्थ्यमा क्रियाशील संयुक्त पेशागत संगठनद्धारा आइतबार विदा नदिने स्वास्थ्य मन्त्रालयको निर्णयको विरोध

240
Shares

काठमाडौँ, २ बैशाख । आइतबार पनि अस्पतालको ओपिडी लगायतका सेवा सुचारु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेपछि स्वास्थ्यमा क्रियाशील पेशागत संगठनहरु विरोधमा उत्रिएका छन् । उनीहरुले मन्त्रालयको निर्णयको अवज्ञा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपिल समेत गरेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्की संयोजक रहेको संयुक्त संगठनको गत ३० चैतमा बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मन्पित्ररिषद्को निर्णयको खिलापमा अर्को निर्णय गरेको निस्कर्ष निकाल्दै त्यसको अवज्ञा गर्न भनेको हो ।

स्वास्थ्य क्षेत्रमा विगत लामो समय देखि जनसरोकारको आधारमा चिकित्सक तथा स्वास्थ्यकर्मीको आवश्यकता अनुसार संगठन संरचना हुन सकेको छेन । यसो हुँदा स्वास्थ्यकर्मीहरु प्रति कार्यबोझ अधिक हुन गई मानसिक तनाव लगायतका समस्या थपिदएको छ ।

अहिले मन्त्रालयले दुई दिने विदाको विरुद्धमा जो निर्णय गरेको छ त्यसको खिलापमा स्वास्थ्यकर्मीहरु जान अपिल गर्दछ । विज्ञप्तीमा भनिएको छ ।

हेर्नुहोस विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *