एनएचआरसी ‘हेल्थ जर्नालिस्ट अवार्ड’ पत्रकार ढुंगेललाई, ११ विधाका अरु अवार्ड को-कोले पाए ?

652
Shares

काठमाडौँ, २९ चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यसवर्षको हेल्थ जर्नालिष्ट अवार्ड स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई प्रदान गरेको छ । डेढ दशक बढी पत्रकारितामा विताएका ढुंगेल गोखरापत्रमा कार्यरत छन् ।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ राष्ट्रिय शिखर सम्मेलन समापनको अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटा र परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले संयुक्त रुपमा सो अवार्ड ढुंगेललाई प्रदान गरे ।

यसैगरी सम्मेलन समापनका अवसरमा प्रदान हुने हेल्थ रिसर्च अवार्ड डा अभिलाशा कार्कीलाई प्रदान गरियो । योङ हेल्थ रिसर्च अवार्डबाट डा आदेश भण्डारी सम्मानित भए ।

यस्तै मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्च अवार्ड मेडिकल विधा तर्फ डा मिथेश कर्णलाई प्रदान गरियो ।

यसैगरी जे एनएचआरसी बेष्ट पेपर प्रिजेन्टेशन अवार्ड भने रश्मी थापा, पुजा पौडेल, विश्वास प्रधान, मेघ कोइराला र वासुदेव पराजुलीको टोलीले प्राप्त गरेको छ ।

बेष्ट पेपर प्रिजेन्टेशन अवार्ड (ओरल तर्फ) सुवास वाग्लेले प्राप्त गरेका छन् । बेस्ट पेपर प्रिजेन्न्टेशन अवार्ड ( पोस्टर तर्फ) अनिल खड्काले प्राप्त गरेका छन् । यस्तै हेल्थ रिसर्चर लाइफटाइम एचिभमेन्ट अवार्ड २०२५ बाट सुवर्णकुमार खत्री सम्मानित भएका छन् ।

एनएचआरसी बेस्ट प्रफरमर अवार्ड यसवर्ष सुदीप पौडेलले प्राप्त गरेका छन् । यस्तै एनएचआरसी दीर्घ सेवा पदकबाट सरस्वती प्रसाद भट्टराई र विना देवी सिटौला सम्मानित भएका छन् ।

यसैगरी एनएचआरसीको उत्कृष्ठ शाखाको पुरस्कार सुवोधकुमार कर्ण नेतृत्वको आर्थिक प्रशासन शाखाले प्राप्त गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *