प्रादेशिक जलेश्वर अस्पतालको अध्यक्षमा ठाकुर नियुक्त

काठमाडौँ, २६ चैत्र । महोत्तरीस्थित प्रादेशिक अस्पताल जलेश्वर सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा रोहित प्रसाद ठाकुर नियुक्त भएका छन्।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार उनलाई उक्त पदमा नियुक्त गरिएको हो।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन कार्यविधि, २०७९ को दफा ३ को उपदफा १ (क) बमोजिम ठाकुरलाई अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । उनले नियुक्ति पछि पदभार ग्रहण गरिसकेका छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



