निःशुल्क औषधि बितरणलाई व्यवस्थित गर्न केन्द्रीय र क्षेत्रीय स्तरको समिति गठन

0
Shares

काठमाडौँ, १२ पुस – स्वास्थ्य मन्त्रालयले अत्यावश्यक निशुल्क औषधिको आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रमुख विशेषज्ञ डा किरण रेग्मीको संयोजकत्वमा तीन सदस्यीय केन्द्रीय निर्देशन एवं समन्वय समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भिम तिंकरी र पुर्नजागरण महाशाखाका निर्देशक मोहमद दाउद रहेका छन् ।

सो समितिलाई औषधि आपूर्ति व्यवस्थापन प्रभावकारी चुस्त दुरुस्त, प्रभावकारी वितरण गर्न तथा कमीकमजोरी हुन नदिनका लागि सो समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै क्षेत्रीय स्तरमा क्षेत्रीय निर्देशकको संयोजकत्वमा निर्देशकले तोके बमोजिमको समिति गठन गर्न गर्न निर्देशन दिइएको छ । सो समितिले आफ्नो क्षेत्रमा अत्यावश्यक निशुल्क औषधिको अवस्था अनुगमन गर्ने, वितरणलाई प्रभावकारी बनाउने र त्यसको प्रतिवेदन पन्ध्र पन्ध्र दिनमा मन्त्रालयलाई दिन निर्देशन दिइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *