टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

128
Shares

 

काठमाडौँ, १४ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

शनिबार बिहान पक्राउ परेका ओलीलाई शिक्षण  अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । यो बेड मिर्गौला प्रत्यारोपण गरिएका बिरामीलाई राख्ने बेड हो ।

ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । ‘आवश्यक रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि भर्ना गरिएको छ,’ अस्पताल स्रोतले जनाएको छ ।

ओलीलाई आज बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा एकछिन राखेर स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *