पक्राउ परेका ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

144
Shares

काठमाडौँ, १४ चैत । एका विहानै पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । प्रहरीले दुबैलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको हो ।

यसअघि भक्तपुरको गुण्डुमा रहेका ओली र कटुञ्जेमा रहेका लेखकलाई प्रहरीले विहानै गिरफ्तार गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेको थियो । हिरासतमा राख्नु अघि प्रहरीले नियमित स्वास्थ्य परीक्षण अन्तर्गत उनीहरूलाई अस्पताल लगेको बताइएको छ । अस्पतालबाट ल्याएर उनीहरूलाई हिरासतमा राखिनेछ ।

आज सार्वजनिक बिदा भएकाले म्याद थप सम्बन्धी सरकारी वकिल र अदालती प्रक्रियाका लागि भोलिसम्म कुर्नुपर्ने प्रहरीले अधिकारीले बताएका छन् । गत २३ र २४ भदौको घटनामा सम्लग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । ओलीलाई दिइएको पक्राउ पुर्जीमा लेखिएको छ, ‘तपाईंलाई ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पक्राउ पुर्जी जारी गरिएको छ ।’ लेखकविरुद्ध जारी पूर्जीमा पनि यही भाषा लेखिएको बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *