दृष्टि विशेषज्ञ दीपककुमार साह श्रम मन्त्री

104
Shares

काठमाडौँ, १३ चैत । दृष्टि विशेषज्ञ दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् । साह गत निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् ।

साहले हालै सम्पन्न निर्वाचनमा पूर्व श्रममन्त्री एवं अनुभवी नेता शरतसिंह भण्डारीलाई तेस्रो स्थानमा धकल्दै संसद्को यात्रा तय गरेका थिए।

साह पेसाले दृष्टि विशेषज्ञ हुन्। चार महिना अघि मात्रै उनले नेपाल दृष्टि विशेषज्ञ संघको निर्वाचनबाट केन्द्रीय अध्यक्ष पदमा भारी मतका साथ निर्वाचित भएका थिए ।

सामाजिक काममा समेत उत्तिकै सक्रिय उनले अब श्रम तथा बैदेशिक रोजगार साथै सामाजिक सुरक्षा मन्त्रालयलाई सम्हाल्नु पर्ने भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *