स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता

356
Shares

काठमाडौँ, १३ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद निशा मेहतालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ ।  सुनसरी इनरुवाकी मेहता प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा रास्वपाबाट समानुपातिकमा सांसद बनेकी हुन् ।

पेशागत रूपमा नर्स रहेकी मेहता स्वास्थ्य सेवामा सक्रिय रहँदै राजनीतिक यात्रामा अघि बढेकी हुन्।

रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग आबद्ध रहँदै आएकी उनी अघिल्लो निर्वाचनमा समानुपातिक सूचीमा पनि समेटिएकी थिइन्। यद्धपी त्यसबेला उनी सांसद बन्न सकिनन्।

२०४४ साल साउन २२ गते इनरुवामा जन्मिएकी मेहता सुरुदेखि नै राजनीतिक रुचि राख्ने व्यक्तित्व हुन्।

भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा सेवा दिएकी थिइन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *