बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, कुन – कुन मन्त्रीको नाम टुंगो लाग्यो ?

काठमाडौँ, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि रास्वपाले शाहलाई पार्टीको संसदीय दलको नेता चुनेको थियो ।
आज मध्यान्न १२ ३४ बजे प्रधानमन्त्री शाहले शितल निवासमा पुगी पद तथा गोपनियताको सपथ लिने छन् । उनले २ १५ बजे सिंहदरबार पुगेर पदवहाली गर्ने बताइएको छ ।
कुन कुन मन्त्रीको टुंगो लाग्यो ?
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज गठन हुने नयाँ मन्त्रीमण्डलका लागि केही मन्त्रीको नाम टुंगो लगाएको छ । रास्वपा स्रोतका अनुसार अर्थमन्त्रीमा डा स्वर्णिम वाग्लेको नाम टुंगो लागेको छ। त्यस्तै शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने भएको छ ।
त्यसैगरी कानून मन्त्रीमा सोभिता गौतम, ऊर्जा मन्त्रीमा विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरूङको नाम टुंगो लागेको बताइएको छ । प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री, गणेश पौडेल — पर्यटन मन्त्री, अमरेश सिंह — उद्योग मन्त्री, सुनिल लम्शाल — भौतिक पूर्वाधार मन्त्री, गिता चौधरी – कृषीमन्त्री टुंगो लागेको स्रोतले बताएको छ । अन्य मन्त्रीको नाम पनि टुंगो लाग्ने क्रममा छ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 