चैतको अन्तिम र बैशाखको दोस्रो साता नेपाल चिकित्सक संघको निर्वाचन तय

काठमाडौँ, ११ चैत । नेपाल चिकित्सक संघको निर्वाचन समितिले यसअघि रोकिएको निर्वाचन सम्पन्न गर्न नयाँ तालिका सार्वजनिक गरेको छ ।
निर्वाचनका लागि यसअघि उम्मेदवारी दिएका सबै चिकित्सकको उम्मेदवारी कायम हुने गरी पाटन उच्च अदालतले फैसला गरेपछि समितिले नयाँ तालिका सार्वजनिक गरेको हो ।
समितिका प्रमुख निर्वाचन अधिकृत डा प्रणय रत्न शाक्यले बुधबार राती जारी गरेको विज्ञप्तीमा काठमाडाँै उपत्यका बाहिर आगामी २८ र २९ चैते तथा काठमाडौँ उपत्यका भित्र आगमी १०, ११ र १२ बैशाखमा निर्वाचन हुने उल्लेख छ ।
डा शाक्यले पाटन अदालतमा उम्मेदवारहरुद्धारा दायर तीनवटा मुद्धाको फैसलालाई समेत मध्यनजर गरेर आज बसेको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनको नयाँ मिति घोषणा गरिएको उल्लेख गरेका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 