काँग्रेस सभापति थापाद्धारा राजिनामा

132
Shares

काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा यसअघि काठमाडौं ४ बाट निर्वाचित हुँदै आएका थापा पहिलो पटक मधेश झरेका थिए । यसपटक उनी सर्लाही ४ बाट उम्मेदवार बनेका थिए ।

तर, त्यहाँ उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का डा अमरेशकुमार सिंहसंग नमिठो पराजय बेहोर्नु  पर्‍यो । उनी मात्रै होइन यसपटकको निर्वाचनमा स्वयं नेपाली काँग्रेसले लज्जास्पद हार व्यहोरेको छ ।

रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको काँग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव दिदै आएका थिए ।

गत भदौको जेनजी आन्दोलन पछि बदलिएको परिस्थितिमा थापाकै अगुवाईमा काँग्रेसमा विशेष महाधिवेशन भएको थियो ।

सोही महाधिवेशनबाट थापा सर्वसम्मत रुपमा सभापति निर्वाचित भएका थिए ।

थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ ।

केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *