आफ्ना सेवाबारे जानकारी दिन काउन्सिलले अत्याधुनिक कल सेन्टर सञ्चालनमा ल्याउने

56
Shares

काठमाडौँ, २९ फागुन । नेपाल मेडिकल काउन्सिलले आफ्ना सेवाहरुबारे चिकित्सकहरुलाई सहजै जानकारी दिन अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको छ ।

फागुनको दोस्रो साता बसेको यसवर्षको १२ औँ पूर्ण बैठकले आउट सोर्स मार्फत अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो ।

काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार कल सेन्टरले टेलिफोनका साथै ह्वाट्स एप र भाइवर मार्फत समेत सूचना तथा परामर्श उपलव्ध गराउने छ । यसले सेवाग्राहीको भौतिक उपस्थितिलाई न्यूनीकरण गरी प्रविधिमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने बताइएको छ । बैठकले यसका लागि आवश्यक प्राविधिक र जनशक्ति व्यवस्थापनको जिम्मा रजिष्ट्रार डा देवलाई दिने निर्णय गरेको छ ।

यसैगरी बैठकले काउन्सिलका सेवाहरु र कार्यसम्पादनका सम्वन्धमा प्राप्त हुने गुनासोहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन क्युआर कोड मार्फत गुनासो व्यवस्थापन प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

उक्त प्रणालीको सुपरीवेक्षण र समग्र व्यवस्थापनको जिम्मेवारी काउन्सिलका उपाध्यक्ष डा कुञ्जाङ शेर्पालाई प्रदान गर्ने निर्णय भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *