मिर्र्गौला प्रत्यारोपित र चिकित्सक तथा कलाकारबीचको मैत्रीपूर्ण फुटवल:

पूर्व राष्ट्रिय कप्तानले नेतृत्व गरेको टोलीमाथि मिर्गौला प्रत्यारोपितको टोली हावी

200
Shares

काठमाडौँ, २८ फागुन । नेपाली फुटवलका पूर्व राष्ट्रिय कप्तानले नेतृत्व गरेको टिममाथि मिर्गौला प्रत्यारोपितहरुको टिम हावी भएको छ ।

विश्व मिर्गौला दिवसको अवसर पारेर बिहिबार सातदोवाटोस्थित एन्फाकप्लेक्स फुटवल ग्राउण्डमा भएको मैत्रीपूर्ण फुटवल खेलमा चिकित्सक, कलाकार तथा पत्रकार तथा पूर्व राष्ट्रिय खेलाडी सम्मिलित टिमको नेतृत्व नेपाली राष्ट्रिय फुटवल टोलीका पूर्व कप्तान गणेश थापाले गरेका थिए ।

यता प्रत्यारोपित टोलीको नेतृत्व भने झंक श्रेष्ठले गरेका थिए । आधा घण्टाको निर्धारित समयमा प्रत्यारोपित टोलीले चिकित्सक, कलाकार तथा पूर्व राष्ट्रिय खेलाडी सम्मिलित अर्को टोलीमाथि दुईका बिरुद्ध तीन गोलले बिजयी भयो ।

खेल पछि विजयी टोलीलाई पुरस्कार वितरण गर्ने क्रममा स्वास्थ्य अभियान नेपालका अध्यक्ष समेत रहेका बरिष्ठ प्रत्यारोपण विज्ञ डा पुकारचन्द श्रेष्ठले अंग प्रत्यारोपितहरु पनि अरु ब्यक्ति सरह सबल र सक्षम हुन सक्छन् भन्ने कुरा खेलको पछिल्लो नतिजाबाट थप प्रमाणित भएको बताए । उनले मिर्गौला प्रत्यारोपणलाई प्रोत्साहन गर्न हरेक वर्ष खेलकुद कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । ‘हरेक वर्ष हामीमाथि प्रत्यारोपितहरु हावी हुनुहुन्छ । हामीले हरेक वर्ष कोशिश गर्दछौँ तर जित्न सकिरहेका छैनौँ । उहाँहरु (प्रत्यारोपित) हामीभन्दा धेरै तगडा हुनुहुन्छ,’ उनले भने ।

प्रत्यारोपितहरुसंग फुटवल खेल्न नेपाली राष्ट्रिय टोलीका पूर्व कम्तान समेत रहेका गणेश थापा एन्फा कम्प्लेक्स पुगेका थिए । उनले चिकित्सक तथा कलाकार टोलीको कप्तानी गरेका थिए । सो टोलीमा वरिष्ठ कलाकार हरिवंश आचार्य बरिष्ठ चिकित्सक डा पुकारचन्द्र श्रेष्ठ, डा अरुण शाही, डा. किरण राई सहित नायिका स्वेता खड्का, कलाकार पल्पसा डंगोल (चमसुरी), गायिका बिन्दु परियार, पुर्व मिस नेपाल सरिसा श्रेष्ठ, श्रीच्छा प्रधान, पूर्व मिस्टर नेपाल नीमेश कपाली, सन्तोष लिम्बु, हिमाचंल राज के.सी तथा एलिस कार्की (संगितकार), राजेश कुमार श्रेष्ठ (संगितकार÷गितकार) लगायत थिए ।

बिजेता प्रत्यारोपित टोलीका कप्तान झंक श्रेष्ठलाई ट्रफी प्रदान गरिएको थियो ।

त्यसअघि देशका विभिन्न अस्पतालमा उपचाररत मिर्गौैला फेल भएका विरामी, अंगदाता तथा तिनका परिवार, कलाकार, पत्रकार, समाजसेवी र चिकित्साकर्मीको उत्साहपूर्ण सहभागितामा जनचेतनामूलक सामाग्री र प्लेकार्ड सहित ग्वार्को चोकबाट एन्फा खेलमैदान सातदोबाटो ललितपुर सम्म प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

स्वास्थ्य अभियान नेपाल (शान अस्पताल) मुख्य आयोजक रहेको प्रभातफेरी तथा मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्न नेपाल किड्नी समाज काठमाडौँ, मिर्गौला पिडित सरोकार समाज र राष्ट्रिय मिर्गौला पिडित सरोकार केन्द्र सहआयोजक थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *