मुद्दा मामिलाका केश बढ्न थालेपछि काउन्सिलद्वारा ‘मेडिको लिगल युनिट’ स्थापना

काठमाडौँ, २७ फागुन । नेपाल मेडिकल काउन्सिलले बढ्दै गएको कानूनी विवाद तथा मुद्दाहरुको प्रभावकारी व्यवस्थापनका लागि काउन्सिलमा स्थायी कानूनी इकाई मेडिको लिगल युनिट स्थापना गर्ने निर्णय गरेको छ ।
गत १२ र १३ फागुनमा बसेको काउन्सिलको पूर्ण बैठकले छ सदस्यीय मेडिको लिगल युनिट स्थापना गर्ने निर्णय गरेको हो ।
काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार मेडिको लिगल युनिटमा काउन्सिलका सदस्य समेत रहेका बरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी तथा अन्य सदस्यहरु डा. अनिलबिक्रम कार्की, डा. गोपाल चौधरी, डा. दीपेन्द्र पाण्डे, डा. छविलाल पन्थी र काउन्सिलका कानूनी सल्लाहकार नारायणप्रसाद खनाललाई राखिएको छ ।
सो युनिटले अदालतका आदेशहरुको समयमै पालना, कानूनी परामर्श तथा काउन्सिलको तर्फबाट आवश्यक प्रतिरक्षा कार्यलाई व्यवस्थित रुपमा अघि बढाउने बताइएको छ ।
पछिल्लो समय काउन्सिलमा चिकित्सकका उपचार सेवा देखि अन्य क्रियाकलापका सन्दर्भ उल्लेख गर्दै मुद्दा दायर गर्ने क्रम बढेको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ