क्रिकसल प्रतियोगिताको च्याम्पियन बन्यो एनपीएल

8
Shares

काठमाडौं। नेपाल फर्मा एक्स्पो २०८२ का अवसरमा आयोजित क्रिकसल प्रतियोगिताको च्याम्पियन नेपाल फर्मास्युटिकल्स ल्याब (एनपीएल) बनेको छ।

नेपाल औषधी उत्पादक संघ (एपोन)को मार्केटिङ सर्कलद्वारा शुक्रबार देखि आयोजित प्रतियोगिताको शनिबार फाइन खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै एनपीएलले उपाधी हात पारेको हो । प्रतियोगितामा एशियन फर्मास्युटिकल्स उपविजेता बनेको छ।

विजेता तथा उपविजेता टोलीलाई एपोनका महासचिव तथा एक्स्पो संयोजक सन्तोष बरालले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको मार्केटिङ सर्कलका सल्लाहकार ऋषि भण्डारीले जानकारी दिए।

प्रतियोगितामा एशियन फर्मास्युटिकल्स, देउराली जनता फर्मास्युटिकल्स लिमिटेड, लोमस फर्मास्युटिकल्स, म्याल्नस फर्मा, नेपाल रेमेडिज, फर्मोनिक्स लाइफ साइन्स र क्वेस्ट फर्मास्युटिकल्ससहित आठ टोलीको सहभागिता रहेको थियो।

एपोन मार्केटिङ सर्कलका संयोजक दिपेश प्रधानका अनुसार क्रिकसल प्रतियोगिताले औषधि उद्योगका कर्मचारी तथा बजार प्रतिनिधिहरूबीच उत्साहजनक सहभागिता देखाएको छ। उनले भने, ‘फर्मा उद्योग र खेलकुदलाई एउटै प्लेटफर्ममा ल्याउँदै कर्मचारी तथा प्रतिनिधिहरूको मनोबल अभिवृद्धि र सहकार्य सुदृढ गर्ने उद्देश्यले क्रिकसल आयोजना गरिएको हो।’

आयोजकका अनुसार नेपाल फर्मा एक्स्पो २०२६ ले औषधि क्षेत्रका नवीन प्रविधि, गुणस्तर नियन्त्रण तथा अन्तर्राष्ट्रिय साझेदारीका अवसर प्रस्तुत गर्दै उद्योगको दिगो विकासलाई प्राथमिकतामा राखेको छ।

नेपाल फर्मा एक्स्पो २०८२ को दशौँ संस्करण भृकुटीमण्डप, काठमाडौंमा मार्च १२–१४, २०२६ मा आयोजना हुँदैछ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *